शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

बेलायतमा चम्किएका एउटा गुल्मेली युवा

दैनिक नेपाल २०७५ फागुन ४ गते १०:२०

काठमाडौं, ४ फागुन । अहिले पनि सपनाहरूको देश मध्ये पर्छ, बेलायत । कुनै समय संसारभरी शासन गरेको बेलायतले आधुनिक विश्वमा बाँच्ने सौखिनहरूको दिनचर्या सिकायो ।

बाँच्न सिकायो, फूटबल खेल्न सिकायो, क्रिकेट खेल्न सिकायो यहाँसम्मकी चुरोट पिउन र सिगारको सौखसम्म सिकायो । त्यसबाहेक बेलायतले मिहेनत र परिश्रम गर्न पनि सिकायो ।

दाशुराम पाण्डेले सिकेकोचाहिँ मिहेनत हो । नेपालमा रहँदा वाम विचारधाराको विद्यार्थी राजनीतिमा सक्रिय थिए, पाण्डे । तर मुलुक द्वन्द्वतिर नराम्रोसँग फँसिरहेको थियो, प्रविधिको उच्च विकास थिएन । कम्प्युटर भनेको छुन पाउँदा पनि ठूलै मान्छे बनियो भन्ने लाग्थ्यो । त्यसैबेला पाण्डे कम्प्युटर इन्जिनियर पढ्न लण्डन हानिए, २० बर्षअघि ।

करिअरको स्वर्णिम समयलाई उनी फर्किएर हेर्छन् । भन्छन्,‘नेपालमा कम्प्युटर भनेकै देख्न मुस्किल थियो । त्यसबेला अध्ययनमा केही गरौं भनेर कम्प्युटर सम्बन्धी अध्ययनका लागि लन्डन उडेको थिएँ ।’

आजको प्राविधिक युग देख्दा उनी त्यसबेला ठिक निर्णयमा पुगेको ठान्छन् । समयले उनले लिएको बाटोलाई नै पछ्यायो र अहिले प्रविधिले विश्वमा फड्को मारेको छ । तर, उनी भने प्रविधिबाहेकको व्यापारमा सक्रिय छन् ।

लन्डन छिरेपछि जिविकोपार्जनका लागि कम्प्युटर पार्टस्को कारोबार गर्ने ठाउँमा काम गरे, पाण्डेले । उनलाई लन्डन बसाई त्यति अहसज भएन । तर जागिरले भन्दा पनि केही लगानी गरेरै आफ्नो व्यावसाय गर्ने सोच उनका त्यसै बेला जागेको थियो । भन्छन्,‘त्यसपछि कम्प्युटर पार्टस् सम्बन्धी आफ्नै पसल खोल्ने निधो गरें ।’

राजनीतिक दलसँग सम्बन्ध रहेका कारण उनले यत्तिचाहिँ भन्छन्,‘व्यवस्थापकीय अवसरको सही प्रयोगमा यहाँको संयन्त्र कहिँ न कहिँ चुकेको र अल्छी जस्तो देखिन्छ ।’

अध्ययनका क्रममै लन्डनमा उनको त्यो व्यावसायल विस्तारै गति लियो, अनि उनी व्यावसायीक जीवनको लयमा दौडन सफल पनि हुन थाले । ‘व्यापार लामो समयसम्म निरन्तर चलाइयो । तर, यसले आफूलाई मात्र आम्दानी हुने र अन्यका लागि केही गर्न नसकेको हो की जस्तो पनि लाग्यो’, उनी सुनाउँछन् ।

गैर आवासीय नेपाली संघ, विभिन्न समाज र खासगरी तत्कालिन एमालेको लन्डन कमिटीको सचिवको जिम्मेवारी समेतमा काम गरेका पाण्डेले अरुलाई पनि रोजगारी दिन सकिन्छ भन्ने उद्देश्यले रेष्टुरेन्ट व्यावसायमा हात हाले ।

‘एउटा ठूलो ठाउँ भेटियो र आफूमात्र होइन, आफू जसरी आइएको थियो त्यस्ता विद्यार्थी वा अन्यका लागि पनि रोजगारीको अवसर हुन्छ भनेर व्यावसाय फेरियो’, उनी भन्छन्,‘यसमा अघिल्लो व्यापार जस्तो नाफा त छैन तर सन्तुष्टिचाहिँ औधि नै छ ।’

विभिन्न संघ संस्थामा रहेका कारण सामाजिक काममा पनि उनको उत्तिकै सक्रियता जारी छ । बर्षमा एकाध पटक नेपाल आउने उनी नेपालको व्यवस्था, कानुन र नियमसँग बेलायतसँग तुलना गरेर व्याख्या गर्न उपयुक्त नहुने बताउँछन् ।

राजनीतिक दलसँग सम्बन्ध रहेका कारण उनले यत्तिचाहिँ भन्छन्,‘व्यवस्थापकीय अवसरको सही प्रयोगमा यहाँको संयन्त्र कहिँ न कहिँ चुकेको र अल्छी जस्तो देखिन्छ ।’

बेलायतमा रहेको गुल्मी समाजसँग लामो समयदेखि जोडिएका उनीलगायतको पहलमा जिल्लामा विद्यालय, पूर्वाधारका निम्ति पनि निक्कै सहयोग रहँदै आएको छ । यो सहयोग निरन्तर जारी रहने बताएका उनी तत्काल नेपालै फर्किएर राजनीति गरी उपल्लो निकायमा पुगौं भन्ने सोच राख्दैनन् । परिवारसहित लन्डनमा बसीरहेका उनी भन्छन्,‘उतै बसेर केही समय देशलाई पनि सेवा गर्ने रहर छ ।’

विश्वका विभिन्न मुलुकमा विद्यार्थीका रूपमा नेपाली जाने गरेका छन् । बेलायतमा पनि जाने गरेका छन् । लामो समय सोही ठाउँमा बसेको र त्यहाँको कानुनलाई समेत बुझेका कारण आजभोली विद्यार्थीका लागि बेलायत अलिक कठिन नै रहेको सुझाउँछन् । नेपाली निर्भरतासहित कामको पनि खोजीमा जाने भएको हुनाले अन्य मुलुकको तुलनामा बेलायत अलिक कडा रहेको उनले सुनाए ।

प्रतिक्रिया
सम्बन्धित