८ कार्तिक २०८३, आइतबार

चिनियाँ अदालतको फैसलाले नेपाललाई फाइदा

23.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ धरौटी राखेको थियो ।

कम्पनीका तर्फबाट चाइना कन्स्ट्रक्सन बैंक ‘काउन्टर ग्यारेन्टी’ बसेको थियो । चाइना कन्स्ट्रक्सनको ग्यारेन्टी पत्रका आधारमा दुई नेपाली बैंक सहायक ग्यारेन्टी बसेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

चिनियाँ सर्वोच्च अदालतले बुधबार चाइना कन्स्ट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको रकम नेपाली बैंकलाई तिर्न आदेश दिएको मेलम्ची आयोजनाको एक अधिकारीले जानकारी दिए ।

त्यही आदेशका कारण धरौटीबापत डेढ अर्ब रुपैयाँभन्दा बढी रकम पाउने बाटो खुलेको उनले बताए ।