४ कार्तिक २०८३, बुधबार

हिरो गोल्डकपको उपविजेता बन्यो नेपाल, फाइनलमा म्यानमारसँग पराजित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेपाल हिरो गोल्डकप महिला फुटबल प्रतियोगिताको उपविजेतामा सिमित भएको छ । शुक्रबार भएको फाइनल खेलमा म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित भएको हो ।

योसँगै नेपाल एतिहासिक उपाधि भित्र्याउनबाट चुकेको छ ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो ।

खेलको ३५ औ मिनेटमा म्यानमारले यि यि ओको गोलबाट लिएको थियो । ४५ औ मिनेटमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपालका लागि बराबरी गरेकी थिइन् ।

तर दोस्रो हापको ५३ औ र ६३ औ मिनेटमा गोल गर्दै म्यानमारले उपाधि चुमेको हो ।