
काठमाडौँ । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको बिहीबार बिवाह भएको छ ।
करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका वर्षा र संजोगले काठमाडौँको एक होटेलमा बिवाह गरेका हुन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरुले हिन्दु परम्परा अनुसार दुवैले विवाह गरेका हुन् ।
प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहँदा दुवै निकै उत्साहित रहेका छन् । बिहेमा वर्षा र संजोगका निकट आफन्तहरु मात्र उपस्थित भएका छन् । केही दिनअघि मात्र उनीहरुले दुवैतर्फका परिवारबीच औँठी साटासाट गरेका थिए ।

वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने संजोग चलचित्र सँगै व्यवसायमा सक्रिय रहेका छन् । झण्डै ८ वर्षअघि फिल्म ‘सरी ल’ को अडिसनको क्रममा वर्षा र संजोगबीच चिनजान भएको थियो । यो जोडीले ‘एउटा यस्तो प्रेम कहानी’ नामक फिल्ममा सँगसँगै अभिनय पनि गरेको छ ।
बिहेको दोस्रो दिन भोलि बिहे भोजको कार्यक्रम तय गरेका छन् । जहाँ फिल्मकर्मी, मिडियाकर्मी र उनीहरुका आफन्तहरुलाई निम्त्याइएको छ ।

तस्वीर साभार : फोटोपसल डट कम















प्रतिक्रिया