२० कार्तिक २०८३, शुक्रबार

यातायात व्यवसायी भलाई कोषमा आवद्ध

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, २ फागुन । सल्यान रुकुम यातायात व्यवसायी समितिका सम्पूर्ण व्यवसायी र मजदुरहरु भलाई कोषमा आवद्ध भएका छन् ।

समितिद्वारा संचाचित कुनै पनि गाडी दुर्घटनामा परि भौतिक तथा मानवीय क्षती भए पीडितलाई क्षतिपुर्ति प्रदान गर्नको लागि माघ २७ गते सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यान र यातायात मजदुर तथा भलाइ कोष प्रधान कार्यालय बुटवल रुपन्देहीबीच सहमति भएको समितिले जानकारी दिएको छ ।

माघ २७ गतेपछि सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यान द्वारा संचालित कुनै पनि यात्रुबाहक गाडी दुर्घटना परेर यात्रुहरु घाइते भएमा सम्पूर्ण उपचार खर्च यातायात मजदुर तथा भलाई कोषले उपलब्ध गराउने समितिका वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार यसअघि गाडी दुर्घटनामा समितिले क्षतिपुर्ति वेहोेर्दै आएको थियो ।

सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले आफ्नो समिति संचालनमा आए यता जति पनि दुर्घटना भएका थिए ती घटनाका पीडितहरुलाई न्यायिक क्षतिपुर्ति दिएको र आगामी दिनहरुमा पनि त्यसलाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउन लागिपर्र्ने बताए ।

यस्तै सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले बिहिबारदेखी सल्यान खलंगाबाट बुटवलका लागि सिधा बस सञ्चालन गरेको छ । बुटवल र सल्यानको व्यवसायी सम्बन्धलाई स्थापित गर्न, आफ्नो समितिले बुटवलसम्म नियमित गाडी सञ्चालन गरेको समितिका महासचिव अरबिन्द कुमार राईले जानकारी दिए ।

सल्यानबाट भारतको सिम्लासम्म सिधै बस सञ्चालन हुने

सल्यानको बाँफुखोलाबाट अब सिधै भारतको सिम्लासम्म बस सञ्चालन हुने भएको छ । सल्यान रुकुम यातायात व्यवसायी समितिले आउँदो १७ गते शुक्रबारदेखी लागू हुनेगरी भारतको सिम्लासम्म सिधा बस सेवा सञ्चालन गर्न लागेको हो ।

फागुन १७ गतेदेखी प्रत्येक हप्ताको शुक्रबार बागचौर नगरपालिका वडा नम्बर १२ मा पर्ने बाँफुखोला दोभान बजारदेखी भारतको सिम्लासम्म सिधा सुपर डिलक्स बस सञ्चालन हुने सल्यान रुकुम यातायातका महासचिव अरबिन्द कुमार राईले बताएका छन् ।

बाँफुखोलाबाट गाडी शुक्रबार मध्याह्न १२ बजे सिम्लाका लागि छुट्नेछ । यात्रा आरामदायी, विश्वसनिय वातावरण र नम्र व्यवहारको हुने सल्यान रुकुम यातायातले दाबी गरेको छ ।