
काठमाडौं, २ फागुन । नेपाल प्रहरीले ठूलो सफलता हात पारेको छ । उसले १८ किलो सुन र २ जना तस्करलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन जफत गरेको हो ।
सीआइबीका एसपी सुदिप गिरि, कैलालीका एसपी आभुषण तिम्सिना, अपराध महाशाखाका डीएसपी रुगम कुँवर जिप्रका कंचनपुर मातहतको संयुक्त टोलीले सुन जफत गरेको हो ।
एसपी गिरी र डिएसपी कुँवर निर्मला पन्त हत्या अनुसन्धानका लागि सो क्षेत्रमा खटिएका प्रहरी अधिकारी हुन् ।















प्रतिक्रिया