५ कार्तिक २०८३, बिहिबार

आइजीपी शैलेन्द्र खनालको यो मन उड्यो चरा बनी आकाशमा

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ ।

युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन् । आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए ।

डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुन ।