
काठमाडौं । अभिनेत्री आना शर्मा फिल्ममा भन्दा पनि प्रेमको भोकमा रहेकी छन् ।
उनले भ्यालेन्टाइन डेका दिन आफ्नो प्रेमी तथा यति एयरलाइन्स मालिक तेन्जिङ शेर्पाका छोरा सोनम शेर्पासँग किस गरेको तस्बिर सार्वजनिक गरेकी छन् ।
उनले तस्बिरको क्याप्सन लेखेकी छन्,‘आफूलाई हरेक दिन प्रेम दिवसको महसुस हुन्छ ।’
त्यसो त सोनमसँगका आलिंगनमा बाँधिएका तस्बिर उनले पहिले पनि सार्वजनिक गर्दै आएकी थिइन् । आजभोली उनलाई त्यति फिल्ममा लिइने गरिएको छैन ।
अभिनेता अनमोल केसीसँग जेरी फिल्ममा डेब्यु गरेकी आनाको यसअघि अनमोलसँगै अफेयर रहेको हल्ला चलाइएको थियो । अनमोलकी आमा सुस्मिता बमजनसहितको एउटा तस्बिर त्यसबेला पनि बाहिरिएको थियो । जहाँ आना अनमोलको जन्मदिन मनाउनका लागि पुगेकी थिइन् ।















प्रतिक्रिया