४ कार्तिक २०८३, बुधबार

टोटनह्यामसँग डर्टमुण्ड पराजित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ फागुन । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब टोटनह्याम विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–० ले हराएको हो । टोटनह्यामको जितमा सन हेङ–मिन, ज्यान भिर्टोङ्हेन र फेर्नान्डो योरेन्टेले गोल गरे ।

पहिलो हाफमा गोलरहित रहेको खेलमा दोस्रो हाफको सुरुमै अर्थात ४७ औँ मिनेटमा सनले गोल गरेर टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए ।

भिर्टोङ्हेनले ८३ तथा योरेन्टेले ८६ औँ मिनेटमा गोल गरेपछि टोटनह्याम ३–० ले विजयी भएको हो ।

चोटका कारण ह्यारी केन तथा डेल अली बिना मैदानमा गएको टोटनह्यामले घरेलु मैदानमा गोल नखाई जित निकालेकाले अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

दोस्रो लेग आउँदो मार्च ५ मा बोरुसिया डर्टमुण्डको मैदानमा हुनेछ ।