२० कार्तिक २०८३, शुक्रबार

प्रहरी महानिरीक्षक खनाल किन गए भारत ?

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारत प्रस्थान गरेका छन् । भाेलि र पर्सी भारतमा हुने ‍आतंकवाद सम्बन्धी १९औं अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन उनी मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सेमिनारमा सहभागी हुन प्रहरी महानिरीक्षक खनालसँग राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी समेत त्यसतर्फ प्रस्थान गरेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया तथा राष्ट्रको तर्फबाट सुरक्षा  प्रमुखहरुको प्रतिनिधित्वले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धी सम्बन्ध विस्तार हुन जाने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशिलताका विषयमा विश्लेष्ण गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाई गरे ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।