काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको भजन गीतको भिडियो रिलिज भएको छ । राईको स्वरमा रहेको यो गणेश भजन पहिलो हो ।
‘जय गणेश’ शीर्षक दिइएको भजनमा मेलिना राई र लक्ष्मण शेषले स्वर दिएका छन् ।
भजनमा शब्द डा.विष्णुराज आत्रेयको रहेको छ । संगीत लक्ष्मण शेषले दिएका छन ।
भजनले हिन्दुधर्मलाई विशेष रुपमा प्रस्तुत गर्न खोजेको छ । भजनमा गणेश भगवानको स्तुति पनि गरिएको छ ।
भजनको भिडियो लोकराज अधिकारीले निर्देशन गरेका छन् । भजनको भिडियोमा मन्दिरमा पूजापाठ गर्नेहरुको भिड देखाइएको छ ।















प्रतिक्रिया