बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

पञ्चेबाजामा नरेश र पूर्णकलाको फ्युजन

दैनिक नेपाल २०७५ माघ २९ गते १०:११

काठमाडौं । संगीतकार एवम् गायक नरेश खाती र गायिका पूर्णकला विसीको स्वरमा ‘म त हजुर बागलुङे…’ बोलको पञ्चेबाजाको लयमा रहेको गीत रिलिज भएको छ ।

लोक तथा दोहोरी गीतमा राम्रो पकड बनाउँदै आएका खातीले आफूलाई नयाँ प्रयोगमा ढाल्दै आएका छन् । पञ्चेबाजाको फ्युजन गरेर संगीतकार खातीले लोक तथा दोहोरी गीत बनाएका हुन् ।

गीतमा पञ्चेबाजाको प्रयोगले उत्कृष्ठ र मिठासपूर्ण मेलोडी बनेको खातीले बताए । ‘मेरा सबै गीतहरू राम्रो लाग्छ’, उनले भने, ‘यो गीतमा अझै मेहनत गरेको छु । राम्रो बनेको छ ।’

युट्युबमार्फत सोमबार रिलिज गरिएको ‘म त हजुर बागलुङे…’को गीतका संगीतकार स्वयं नरेश खाती नै हुन् । गीतको शब्द दीपक कँडेलले लेखेका छन् ।

करिश्मा ढकाल र नरेश खातीले म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित