मंगलबार, २९ माघ २०७५
DainikNepal.com
मंगलबार, २९ माघ २०७५

कांग्रेसद्वारा प्रजातन्त्र सेनानी लाखेलाई चापागाउँमा स्मरण

दैनिक नेपाल २०७५ माघ २९ गते ७:५२

ललितपुर, २९ माघ । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी स्व.कर्णलाल लाखेको १३औँ दिनको पून्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा गरेर स्मरण गरको छ ।

नेपाली कांग्रेस गोदावरी नगरपालिका ईकाइ समितिको आयोजनामा स्व.लाखेको सम्झनामा चापागाउँस्थित घरमा सोमबार श्रद्धाञ्जलि सभाको कार्यक्रम गरिएको हो ।

कांग्रेसका नगर सभापति सुरज श्रेष्ठको अध्यतामा सम्पन्न श्रद्धाञ्जलि कार्यक्रमका प्रमुख अथिति ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले स्व.कर्णलाल लाखेले दश र प्रजातन्त्रका लागि खेलेको भूमिकाको स्मरण गरे । सभापति अमात्यले स्व.लाखेले लिएको प्रजातन्त्रको बाटोलाई कांग्रेसले भुल्न नहुने बताए ।

नेपाली कांग्रेसको युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले कांग्रेसका प्रजातन्त्र सेनानीहरूको योदानले नै मुलुकमा प्रजातन्त्र आएको बताए । उनले भने, ‘स्व.कर्णलाल लाखेको योगदानलाई कांग्रेसले कहिल्यै भुल्नु हुँदैन । भुल्ने छैन । उहाँले देखाएको बाटोमा सधैँ हिड्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनले पनि स्व.कर्णलाल महर्जनको योगदानको स्मरण गरे । उनले भने, ‘राणा शासनका विरुद्ध उहाँले ज्यानको प्रवाह नगरेर संघर्ष गर्नुभयो । जेलमा जानुभयो । उहाँहरूकै योगदानले हामी अहिले स्वतन्त्र रुपमा हिँडडुल गर्न पाएका छौँ ।’

ललितपुर नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्व.कर्णलाल लाखेलाई नगरवासीले स्मरण गरिरहने बताए । उनले भने, ‘स्व.कर्णलाल महर्जनको शरीर हामी माझ नरहे पनि उहाँले देखाएको बाटो सधै रहनेछ ।’ उपमेयर मुना अधिकारीले पनि स्व.कर्णलाल लाखेको योगदानको कदर गरेकी थिइन् ।

बिक्रम संवत १९९६ साल असार १६ गते जन्मिएका कर्णलाल लाखेको निधन बिक्रम संवत २०७५ साल माघ १० गते चापागाउँस्थित निवासमा निधन भएको थियो ।

बिक्रम संवत २००७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका कर्णलाल लाखे बिक्रम संवत २०१४ सालको नेपाली कांग्रेसको भद्र आन्दोलनमा सहभागी भएका थिए ।

सेन्ट्रल र नख्खु जेलमा पटक पटक बसेका कर्णलाल लाखेले ०४६ सालको जनआन्दोलनमा पनि आफूलाई सक्रिय बनाएका थिए । त्यस बेलाको आन्दोलनमा पनि कर्णलाल लाखे पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित