आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

लक्ष्मी बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न

दैनिक नेपाल २०७५ माघ २८ गते १८:२०

काठमाडौँ, २८ माघ । लक्ष्मी बैंक लिमिटेडले अठारौँ वार्षिक साधरणसभा मनाएको छ । संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी रु ८ अर्ब ९२ करोड पुगेको छ ।

साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७४/०७५ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

यसका अतिरिक्त साधारण सभाले बैंकको व्यवसाय विस्तार गर्न शेयर तथा डिबेन्चर अन्डरराइट गर्ने लगायत विविध वित्तीय कारोबार गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।

आव २०७४/७५मा रु ६५.५६ अर्ब निक्षेप र रु ६२.६५अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु ८१ अरब रहेको छ । सोही आवमा बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथै सम्पूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण वित्तीय सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ सेवा प्रदायकको रुपमा बैंक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधीलगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक रहेको छ ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियालीमैत्री बैंकिङ सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लिमिडेट’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नामक दुई म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित