
काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले माउ पार्टी नेपाली कांग्रेसका सभापति समक्ष राजीनामा दिएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठक भैरहेकै समयमा महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।
महरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा पत्र पढेर सुनाएका थिए । सिंगो केन्द्रीय कार्यसमिति लागेपछि आफूले राजीनामा दिएको उनले बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकले तदर्थ समिति गठन गर्ने स्रोतले जनाएको छ ।
यस्तो छ राजीनामा पत्र

















प्रतिक्रिया