४ कार्तिक २०८३, बुधबार

यति कार्पेटको गोदाममा आगलागी, क्षतीको विवरण आउँदै

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ माघ । ललितपुरको नख्खुमा रहेको यति कार्पेट गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो १ बजे भएको आगोलागीबाट करिब साढे ४ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको थियो ।

प्रहरीका अनुसार गोदाममा कार्पेट तथा मयाट्रेस राखिएको थियो । आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।