शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

आईसीसी टी–२० अलराउण्डर वरीयतामा पारस र सोमपालको छलाङ

दैनिक नेपाल २०७५ माघ २८ गते १५:०३

काठमाण्डौं, २८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसी टी–२० वरीयताको अलराउण्डर तर्फ ४० औं स्थानमा उक्लिन सफल भएका छन् ।

यसअघि उनी अलराउण्डर तर्फ ४३ औं स्थानमा थिए । पारस ब्याट्सम्यान तर्फ ९३ औँ स्थानमा थिए ।

उनी ब्याट्सम्यानतर्फ ३०५ अंकका साथ ९० औँ स्थानमा रहेका छन् ।

आईसीसीले सोमाबार नयाँ वरीयताक्रम सार्वजनिक गरेको हो । पारस कुल ७६ रेटिङका साथ ४० औँ स्थानमा रहेका छन् ।

यस्तै नेपाली बलर सोमपाल कामी टी–२० तर्फ अलराउण्डमा ५१ औँ स्थानमा छन् । यसअघि उनी ६४ औं स्थानमा थिए । टी–२० बलरको वरीयतामा सोमपाल ७० तथा बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित