मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

अग्नि ग्रुपको ओखलढुङ्गामा नयाँ शोरुम तथा सर्भिस सेन्टरको स्थापना

दैनिक नेपाल २०७५ माघ २८ गते १४:४६

काठमाडौँ, २८ माघ । अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आधिकारिक नयाँ शोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्नेछ ।

शोरुमको समुद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं १ का सांसद अम्बिरबाबु गुरुङ्गले गरे । रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्ट पाइनुका साथै, विक्री एवं विक्री पछिको सेवा प्रदान गरिने प्रबन्ध निर्देशक राज घलेले बताए ।

शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोरह्वील सवारी, सर्भिसिङ तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ओखलढुङ्गास्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउने विश्वास कम्पनीले लिएको छ ।

कम्पनी केवल सवारी बिक्री गर्नतर्फ मात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयर पार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदै आएको जनाइएको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालिअन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजु अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटी भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार एवं जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित