४ कार्तिक २०८३, बुधबार

यसकारण राजीनामा दिँदैछन् नेविसंघ अध्यक्ष महरले

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले राजीनामा दिने भएका छन् । पार्टीबाट नै राजीनामा दिन दबाब बढेपछि महरले राजीनामा दिने तयारी गरेका हुन् ।

माउ पार्टी नेपाली कांग्रेसले तदर्थ समिति गठन गर्ने तयारी गरेपछि उनले राजीनमा दिन लागेका स्रोतले जनाएको छ ।

तदर्थ समिति गठनकै लागि बस्ने कांग्रेसको केन्द्रिय समिति बैठकमै पार्टी सभापतिलाई राजीनामा पत्र बुझाउन लागेका महर निकट स्रोतले जानकारी दिएको छ ।

नेविसंघको १२औं महाधिवेशनका लागि पटक पटक म्याद थप्दै तयारी गरिने भनिएपनि अधिवेशन नहुँदा स्वयम नेविसंघ नै धरापमा परेको हो । वर्तमान समितिको कार्यअवधि सकिएको र म्याद थप्ने वैधानिक बाटो समेत समाप्त भएपछि माउ पार्टी कांग्रेसले तदर्थ समिति बनाउन लागेको जनाएको छ ।