मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

यी हुन् सन् २०१९ को ग्रामी अवार्ड पाउने

दैनिक नेपाल २०७५ माघ २८ गते १४:५०


काठमाडौं, २८ माघ । ग्रामी अवार्ड २०१९ मा ‘दिस इज अमेरिका’ गीत वर्षकै उत्कृष्ट बन्न सफल भएको छ । संगीत क्षेत्रकै ठूलो मानिने ग्रामी अवार्डको ६१ औं संस्करण भव्य आयोजना भएको हो ।

लस एन्जल्समा आयोजित अवार्डमा विभिन्न विधामा उत्कृष्ट हुने गीतसंगित क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरियो ।

यस्तै लेडी गागाको ’ह्वेर डु यु थिंक यु आर गोइङ ?’ बेस्ट सोलो परफर्मेन्स बन्न सफल भएको छ । उनले अरु दुई पुरस्कार पनि पाएकी छन् । शैलो गीतको लागि बेस्ट ड्युयो परफर्मेन्स र रेकर्ड अफ् द इयरको अवार्ड पनि उनले जितेकी छन् ।

कसले कुन अवार्ड जिते ?

बेस्ट पप सोलो परफर्मेन्स अवार्ड व्हेयर डू यु थिंक यू आर गोइङका लागि लेडी गागालाई प्रदान गरियो ।

बेस्ट पप भोकल एल्बमको अवार्ड भने स्वीटनरका लागि एरियाना ग्रेनेडले पाएका छन् । बेस्ट ट्रेडिस्नल पप भोकल एल्बम अवार्ड माई वेका लागि विली निल्सनलाई प्रदान गरिएको छ । यस्तै बेस्र्ट याप सङ्गका लागि गड प्लानमा ड्रेकले अवार्ड पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित