शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

झरना निर्देशित ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक

दैनिक नेपाल २०७५ माघ २८ गते ९:२३

काठमाडौं । अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक भएको छ ।

फिल्मलाई निर्माता सुनिलकुमार थापाले बनाएका हुन । फिल्मकी नायिका सुहाना थापा झरना र सुनिलकी छोरी हुन । फिल्मको रोमान्टिक टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा सुहानालाई युवास्टार अनमोल केसीसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ । सिनेमालाई झरना थापाले निर्देशन हुन् । सिनेमा चैत २९ गते रिलिज हुनेछ ।

सिनेमामा सुहाना तथा अनमोल केसी, सरोज खनाल, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रियर राई आदिको अभिनय रहेको छ ।

सुमन पौडेल तथा निर्देशक थापाको कथा रहेको सिनेमामा सञ्जय लामाको छायाँकन, आशिष अविरल, कोशीस क्षेत्री, प्रतिक पौडेल र कल्याण सिंहको संगीत, कविराज गहतराज, रामजी लामिछाने, प्रवीण सिंह र राहुल शाहको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित