८ कार्तिक २०८३, आइतबार

प्रदेशको नाम र सदरमुकामको टुंगो छैन, जिल्लामै विदाद छ प्रदेश ५ मा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । तत्कालीन रूकुम टुक्र्याएसँगै नयाँ जिल्ला बनेको पूर्वी रुकुमको केन्द्र (सदरमुकाम) कहाँ रहने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन । यही विषयलाई लिएर जिल्लावासी दुई कित्तामा विभाजित छन् ।

आजको नागरिक दैनिकले छापेको छ ।

सदरमुकामकै विषयले पछिल्लो समय पूर्वी रुकुम तनावग्रस्त बन्न पुगेको छ । विवादको तह यहाँसम्म पुगेको छ कि जिल्ला सदरमुकाम दाबी गर्दै आएका पूर्वी रुकुमका गोलखाडा र रुकुमकोटले एकअर्कालाई निषेध नै गरेका छन् ।

रुकुमकोटमा प्रवेश गरेका पूर्वसहायकमन्त्रीसहित चार नेता कुटिएका छन् भने गोलखाडाका स्थानीयले पनि आफैँ निषेधाज्ञा जारी गरेका छन् ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी सदरमुकामका रूपमा रहेको रुकुमकोटबाट सदरमुकाम गोलखाडामा सार्ने निर्णय गरेपछि रुकुमकोटका नागरिक सदरमुकाम बचाउ आन्दोलनमा छन् भने गोलखाडालाई सरकारले नै निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनका लागि दबाब दिन त्यहाँका बासिन्दा स्वतःस्फूर्त रूपमा आन्दोलित बनेका छन् ।

उता प्यूठानको माण्डवी गाउँपालिको केन्द्र कहाँ रहने भन्ने विषयले अहिलेसम्म निकास पाउन सकेको छैन । त्यहाँ चलेको स्थानीयको लामो आन्दोलनका कारण गाउँपालिकाले निर्णय लिन सकेको छैन ।