
काठमाडौं, २५ माघ । बिग ब्यास लिग क्रिकेट अन्तर्गत सन्दीप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्स १० विकेटले पराजित भएको छ ।
ब्रिसबेन हिटसँग शुक्रबार भएको खेलमा मेलबर्न लज्जास्पद नतिजाले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
१ सय ५७ रनको लक्ष्य पछ्याएको ब्रिसबेनले १० ओभरमा विकेट नगुमाई लक्ष्य पूरा र्गयो । ब्रिसबेनका लागि म्याक्स ब्रायन्टले ३० बलमा ५ छक्का र ६ चौकासहित ७१ रन साथै बेन कटिङले ३० बलमै ८ छक्का र ४ चौकासहित ८१ रन बनाएका हुन् ।
दुई ओभर बलिङ गरेका सन्दीप लामिछानेले २८ रन खर्चिए ।
अब समूह चरणको अन्तिम खेलमा मेलबर्नले आइतबार सिड्नी सिक्सर्ससँग खेल्नेछ ।















प्रतिक्रिया