बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

‘बि’ डिभिजन लिग फुटबल आजदेखि शुरु

दैनिक नेपाल २०७५ माघ २५ गते १४:०७

काठमाडौँ, २५ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

आज उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा शुरु भएको छ । लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् ।

लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । –रासस 

प्रतिक्रिया
सम्बन्धित