बिहीबार, २४ माघ २०७५
DainikNepal.com
बिहीबार, २४ माघ २०७५

सीतापाइलामा यामाहाको नयाँ सोरुम

दैनिक नेपाल २०७५ माघ २४ गते १६:३८


काठमाडौं, २४ माघ । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट काठमाडौंको सीतापाइलामा ‘थ्री एस’सहितको सुविधा सम्पन्न नयाँ सोरुम सुरु गरेको छ ।

एमएडब्लु इन्टरप्राइजेजले आफ्नो पुरानो डिलर डी एन्ड डी अटोलिंकमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टससहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउनेछन् ।

नयाँ सोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गरिन् । उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ सोरुम अत्याधुनिक, सुविधासम्पन्न र ग्राहकमैत्री हुने बताए ।

त्यसैगरी, डी एन्ड डी अटोलिंकका प्रबन्ध निर्देशक अमिर महर्जनले यामाहाप्रतिको विश्वासकै कारणले दोस्रो सोरुम सुरु गरेको बताए । डी एन्ड डी अटोलिंकले विगत एक दशकदेखि काठमाडौंको टेकुमा यामाहा सोरुम संचालन गर्दै आएको छ । नयाँ सोरुमबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनन्सको पनि सुविधा पाउनेछन् ।

स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ जसले युवा राइडरहरुलाई आकर्षित गरिरहेको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ, जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित