४ कार्तिक २०८३, बुधबार

न्यूजिल्याण्डसँगको टी–२० मा भारतको ऐतिहासिक हार

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ माघ । न्यूजिल्याण्डविरूद्ध टी–ट्वान्टी सिरिजमा भारत हालसम्मकै फराकिलो अन्तरले पराजित भएको छ । वानडे सिरीजमा ४–१ को जित निकालेको भारत टी–ट्वान्टी सिरिजमा भने लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

बुधबार विलिङ्टनमा भएको तीन खेलको टी–ट्वान्टी सिरिजको पहिलो खेलमा भारतले ८० रनको फराकिलो पराजय ब्यहोरेको हो ।

घरेलु टोलीले दिएको २२० रनको बिशाल लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो ।

भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ३९, शिखर धवनले २९ तथा विजय शंकरले २७ रन बनाएका थिए । भारतले सस्तैमा रोक्न टिम साउथीले ३ विकेट लिए ।

उसअघि घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो।

बुधबारको जितसँगै तीन खेलको सिरिजमा घरेलु टिमले १–० को अग्रता लिएको छ ।