४ कार्तिक २०८३, बुधबार

महिन्द्रा टु ह्वीलर्सको भ्यालेन्टाइन अफर : स्कुटर, बाइकको खरिदमा ८ हजार छुट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको व्यवस्था मिलाएको छ ।

महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा रु ८००० छुट प्राप्त गर्न सकिने छ । नेपाली युवायुवतीहरु माझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले यो छुटको व्यवस्था मिलाएको हो ।

महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजो तथा गस्टो आरएस नेपाली युवा माझ लोकप्रिय रहदै आएको छ । यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई चुस्त सर्भिस तथा स्पेयर पाटर््सहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्रित गरेको छ । चाहिएको बेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयर पार्ट्सहरु उपलब्ध गराउन कम्पनीले नेपाल अधिराज्यभर विभिन्न स्थानहरुमा आधिकारिक शोरुम तथा सर्भिस सेन्टरहरुको स्थापना गरेको छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्क र्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटो इन्क प्रा.लि., बालाजु अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्याक्टर, टुह्वीलर्स, विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।