
काठमाडौं । अभिनेता भुवन केसीले निर्माण गरेको ‘क्याप्टेन’को पोस्ट प्रडक्सनको काम रोकिनुको कारण फिल्मका कलाकारले पारिश्रमिक नपाएको बताइएको छ ।
गीत र ट्रेलरले बजार तताइसकेको भुवनपुत्र अनमोल केसीको मुख्य अभिनय रहेको फिल्ममा नाम चलेका कलाकारले पनि रकम पाएका छैनन् । अभिनेत्रीहरूले त पाउने कुरै भएन ।
फिल्ममा अभिनेता सुनिल थापा, राजाराम पौडेल, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई, सरोज खनाललगायत अधिकांश कलाकारको श्रम शोषण गरिएको बताइन्छ । ‘कुनै पनि कलाकारले पारिश्रमिक पाएका छैनन् त्यसकारण डविङलगायतका काम रोकिएका छन्’, क्याप्टेन फिल्ममा कार्यरत एकजना भन्छन्,‘पर्दापछाडीका कलाकारले पनि पारिश्रमिक पाएका छैनन् ।’
मुख्य भुमिकामा काम गरेका उपासना सिंह ठकुरी, प्रियंका एमभीले पनि पारिश्रमिक पाएक छैनन् भने खनालले आफुले ५० प्रतिशत मात्र रकम पाएको बताइन्छ । प्रशासन्त ताम्राकारले एउटा म्यागेजिनलाई आफूले रकम पाउने आशा प्रकट गरेको खबर छ ।
पुराना एवम् अनुभवी कलाकार राजाराम पौडेलले त खुलेरै आफूले रकम नपाएको बताएका छन् । पैसा नपाएसम्म डविङमा नजाने बताएका उनले आफ्नो ठाउँमा अर्काको स्वर भरे अदालतसम्म जाने चेतावनी दिएका छन् ।
भुवन केसीले भने यी सबै हल्लामात्र भएको बताउँदै आएका छन् । तर, कलाकारहरूको खुलेआम चेतावनी र स्वीकारोक्तिले भुवनको जवाफमा कति सत्य होला र ?















प्रतिक्रिया