
काठमाडौं, २१ माघ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिन सिफारिस गरेको छ ।
युएईमा एकदिवसीय र टी ट्वान्टी सिरिज जितेर सोमबार स्वदेश फर्किएको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिन राखेपले सरकारसंग सिफारिस गरेको हो ।
नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो पटक सिरिज जितेको हो ।
स्वदेश फर्किएको नेपाली टिमलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्री जगत विश्वकर्मा सहित राखेपका पदाधिकारी पुगेका थिए ।















प्रतिक्रिया