५ कार्तिक २०८३, बिहिबार

खाती दाजुभाईको पञ्चेबाजामा ‘दुलाहा राजा मायालु’

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक मेक्सम खाती र गायिका जुनाश्री मगरको स्वरमा ‘दुलाहा राजा मायालु’ बोलको पञ्चेबाजा गीत रिलिज भएको छ ।

गीतमा संगीतकार नरेश खातीले संगीत दिएका छन् । गीतका शब्द नरेश खाती र रमेश भट्टले लेखेका हुन् । गीतका शब्द, लय र म्युजिक भिडियो निर्माणमा विशेष ध्यान दिइएको छ ।

लोकभाकामा रहेको ‘दुलाहा राजा मायालु’ले लोप हुने अवस्थामा जाँदै गरेको पञ्चेबाजालाई प्रयोग गरिएको छ । गीतको एरेन्ज आशिष अविरलले गरेका छन ।

‘पञ्चेबाजालाई संरक्षण गर्ने दायित्व हामी कलाकार र सर्जकहरूको हो’, संगीतकार नरेश खातीले भने, ‘पञ्चेबाजा प्रयोग गर्दा हाम्रो टिमले राम्रो काम गर्ने प्रयास गरेका छौँ ।’

गोरक्ष म्युजिक प्रालिले बजारमा ल्याएको यो गीतको म्युजिक भिडियोमा रिना थापासहितका कलाकारले अभिनय गरेका छन् ।