४ कार्तिक २०८३, बुधबार

महिन्द्राको कृषक लक्षित नयाँ ट्याक्टर सार्वजनिक

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० माछ । तेस्रो एग्रोेटेक अन्तर्र्राष्ट्रिय प्रदर्शनी २०१९ महिन्द्रा YUVO 415 DI  सार्वजनिक गरिएको छ । प्रदेश ३ का कृषिमन्त्री दावा दोर्जेले यसलाई सार्वजनिक गरेका हुन् ।

नयाँ युगको महिन्द्रा YUVO 415 DI  एक ट्रेक्टर हो, जसले खेतीमा नयाँ सम्भावनाहरु खोल्ने कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको नयाँ प्रविधिहरु, शक्तिशाली ४ सिलिन्डर इन्जिन, नयाँ विशेषता भएको ट्रान्समिसन तथा हाइड्रोलिक्सले यसको गुणस्तरता सुनिश्चित गर्दछ ।

महिन्द्रा YUVO 415 DI मा भएको ऊच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पष्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधाहरूले ट्रेक्टरलाई अरुभन्दा भिन्न र उत्कृष्ट बनाएको कम्पनीको दाबी छ । हरेक व्यक्तिको विभिन्न आवश्यकतालाई ध्यानमा राखी बनाइएको महिन्द्रा YUVO 415 DI ले ३० भन्दा बढी कार्यहरु गर्न सक्छ ।