
काठमाडौं, २० माघ । युएई विरुद्धको अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपालले १०५ रनको लक्ष्य पेस गरेको छ । दुबईमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरै १० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएपछि युएईले जितका लागि १०५ रनको लक्ष्य पाएको हो ।
वर्षा र हावाहुरीका कारण खेल १० ओभरमा छोट्याइएको हो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाए । यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाए ।
युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २/२ विकेट लिए ।
आइतबारको खेल जित्ने टिमले सिरिज आफ्नो कब्जामा पार्ने छ । सिरिज १–१ को अवस्थामा छ ।















प्रतिक्रिया