९ कार्तिक २०८३, सोमबार

संसदका माहासचिवलाई दोहोरो सुविधा, मालामाल भट्टराई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानूनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरका छन् ।

विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराईले सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवासुविधा दुवै लिएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कानूनमा महासचिव भट्टराईले एउटा गाडी र चालक पाउँछन् । सरकारका मुख्य सचिवसरह पारिश्रकिम पाउँछन् । उनले ५ वटा गाडी र ३ जना चाकल लिने गरेको जानकारी संघीय संसद सचिवालय स्रोतले दिएको छ ।

उनी मासिक तलव र पेन्सन दुवै लिन्छन् । उनले प्रतिमहिना ५८ हजार ८ सय ८० तलब र ३२ हजार ८ सय ९९ रुपैयाँ पेन्सन बुझने गरेका छन् ।