५ कार्तिक २०८३, बिहिबार

नवलपुरवासीलाई जिग्री–पाँडेले हसाँए

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा बिहीवारदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको तेस्रो दिन चर्चित हाँस्य कलारकार जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमिरे)ले दर्शक हसाँए ।

यस्तै, महोत्सवको प्रमुख आकर्षणमा रहेका गायक नारायण रायमाझी, तुलसा जिसि, नवराज थापासहित स्थानीय कलाकारहरुले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, नवलपुर डान्स आईडल, अन्तरक्लब स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रमबाट पनि महोत्सवमा थप रौनकता छाएको छ ।

यसैबिच, भोलि ख्यातिप्राप्त कलाकार पूर्णकला बिसी, राजन गुरुङ, जनबादी गायक जीवन शर्मासहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक गोविन्द क्षेत्रीले बताए
।
यस्तै, महोत्सवमा भएको जिल्लास्तरिय अन्तरमावि लोकगीत प्रतियोगितामा कालिका माबि कावसोतीका शुसन गहतराज प्रथम हुन सफल भएका छन् । उनले नगद १२ हजार पुरस्कार प्राप्त गरे भने द्विति भएका शिव मावि कावासोतीका बिक्रम मल्लले ८ हजार नगद पुरस्कार प्राप्त गरे ।

त्यसैगरी सिद्धार्थ माबि कावासोतिकी कृपा थापा तृतिय भैइन भने जीवन ज्योती माबि कावासोतीका विशाल उपाध्यायले शान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमश ः ६ र ४ हजार नगद पुरस्कार प्राप्त गरेको निर्णायक हरिप्रसाद नेपालले जानकारी दिए । पुरस्कार हस्तान्तरण महोत्सव सकिनु भन्दा अघिल्लो दिन २६ गते प्रदान गरिने आयोजकले जनाएको छ ।