
काठमाडौं, १९ माघ । नेपाल सरकारले विश्व महाशक्ति अमेरिकासँग कुटनीतिक सम्बन्धमा सुधार ल्याउन सकेको छैन । अमेरिकी प्रशासन नेपाल सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग रुष्ट भएका प्रमाणहरू लगालग देखिन थालेका छन् ।
गत महिना परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बोलाएर नेपाललाई अमेरिकाले सिधै हेर्ने बताउँदै एसिया प्यासिफिक क्षेत्रको रणनीतिमा धारणा माग गरेको थियो । ज्ञवालीले त्यसलाई समर्थन गरेका थिए ।
तर, दक्षिण अमेरिकी मुलुक भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाविरुद्ध नै विज्ञप्ति जारी गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासन रिसाएको हो । प्रचण्डले विज्ञप्तिमा भेनेजुएलामा अमेरिकी समर्थन ‘साम्राज्यवादी कू’ भनेका थिए ।
त्यसको प्रभाव सरकारले शुक्रबार लन्च पार्टीसहित अन्तर्राष्ट्रिय समुदायलाई गरेको ब्रिफिङमा नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरी अनुपस्थित हुनु र अमेरिकामा नेपाली राजदूत अर्जुन कार्कीसँग सरकारी धारणाबारे सोधिएको स्पष्टिकरण पनि हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित भएको कार्यक्रममा राजदूत बेरी नआउनु भनेको नेपाल सरकारले भेनेजुएला नीतिमा नेपालको आधिकारी धारणामा आपत्ति जनाउनु पनि हो ।
सरकारले निकालेको विज्ञप्ति पनि प्रचण्डको भाषा भन्दा फरक नभएको भन्दै अमेरिकाले असहमति राख्दै आएको छ । यो असहमतिको विषय अमेरिकामा रहेका राजदूत कार्कीलाई अमेरिकी विदेश मन्त्रालयको साउथ र सेन्ट्रल एसीया हेर्ने विभागले सोध्नु पनि सरकारसँग सम्बन्ध चिसो हुँदै गएको प्रमाण हो ।















प्रतिक्रिया