९ कार्तिक २०८३, सोमबार

चीनका कारण नेपालीहरूलाई घाटा

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १९ माघ । चिनियाँ कम्पनीले किलोको पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरु काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

बझाङमा प्रतिकिलो १५ देखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीदले १२ लाखमा मात्रै किन्ने भएपछि नेपाली व्यापारीदे बिक्री नगरेका हुन् ।

सुर्मा गाउँपालिकाका यार्सा व्यापारी उमेश काठमाडौं पु-याएको १५ किलो यार्साको मूल्य घटेकाले बिक्री नभएको बताए ।

‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर चिनियाँ व्यापारीले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने । उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ ।