
काठमाडौँ, १८ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि ‘क्लासिक टेकको महाझट्का अफर’ सार्वजनिक गरेको छ ।
यो अफरमा बार्षिक ग्राहकले क्लासिक टेकको ३० एमबीपीएस इन्टरनेट सेवा ४३ प्रतिशत छुटमा प्रतिमहिना मात्र ७ सय ८६ रुपैँयामा उपभोग गर्न पाउने छन् । साथै, कम्पनीका अनुसार यो अफर अन्तर्गत नयाँ उपभोक्तालाई बिना डिपोजिट निःशुल्क जडान र निःशुल्क फाइवर वायर समेत उपलब्ध गराइने छ ।
यो अफर घरेलु ग्राहकलाइ सीमित अबधिको लागि उपलब्ध हुने क्लासिक टेकले जनाएको छ । साथै, ४० एमबीपीएस र ६० एमबीपीएसका प्याकेजहरुमा पनि बिशेष छुट दिएको कम्पनीले जनाएको छ ।
क्लासिक टेकको फाइबर इन्टरनेट सेवा विश्वकै उत्कृष्ट जीपोन प्रबिधिमा आधारित रहेको बताइएको छ । साथै, प्रख्यात बउउष्अिबतष्यल हरु जस्तै फेसबुक, गुगल, अकामाई आदिका सर्भरहरु आफैले होस्ट गरेको छ भने इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डविथ आफैले विदेशबाट विभिन्न नाकाहरुबाट, फाइबरको माध्यमबाट आपूर्ति गरेको छ ।
इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन लागि परेको यस संस्थाले छोटो समयमा नेपाल को ७४ जिल्लामा आफ्नो सञ्जाल फैलाईसकेको छ भने २० भन्दा बढी शाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया