
काठमाडौँ, १८ माघ । तेश्रो पटक हृदयाघात भएपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएकाले डिस्जार्ज गर्न लागिएको अस्पतालले जानकारी दिएको छ।
गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल लगिएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् । उनलाई सिसियुबाट अस्पतालको निजी क्याविनमा राखिएको छ ।
खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधि सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरुको भनाइ छ । पारसलाई यही हप्ता अस्पतालले फलोअपमा बोलाएको छ ।
पारसलाई २०६३ सालमा पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि ०७२ सालमा दोश्रो पटक र गत आइतबार तेश्रो पटक हृदयाघात भएको हो । उनलाई पटक–पटक हृदयाघात हुनुमा गलत खानपान तथा वंशाणुगत कारण नै प्रमुख भएको उनको उपचारमा संलग्न चिकित्सक प्रा. डा. यादव देव भट्टले बताएका छन् ।
..















प्रतिक्रिया