४ कार्तिक २०८३, बुधबार

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाले राजीनामा दिइन्

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । मानव बेचबिखनको आरोप लगेपछि विवादमा मुछिएकी राजदूत शेर्पाले अन्ततः राजीनामा गर्न बाध्य भइन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनी हिजो मात्र नेपाल आएकी थिइन् ।

राजदूत शेर्पाका सवारी चालकले नै उनीमाथि मानव बेचबिखनको आरोप लगाउँदै अष्ट्रेलियन प्रहरीमा उजुरी दिएका थिए । परराष्ट्र मन्त्रालयले उनीमाथि लागेको आरोप छानबिन गर्न मन्त्रालयका सहसचिव मणी भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

छानबिन समितिले बोलाएपछि उनी केही समय पहिले नेपाल आएर जवाफ दिएकी थिइन् । समितिले रिपोर्ट मन्त्रालयलाई बुझाएपछि उनी अष्ट्रेलिया गएर आफ्नो सामानसहित फिर्ता भएकी हुन् ।

तत्कालीन माओवादी केन्द्रका तर्फबाट राजदुतमा नियुक्त शेर्पा विवादमा तानिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनलाई राजीनामा दिन सुझाएका थिए