५ कार्तिक २०८३, बिहिबार

बलिउड कलाकार सेरोगेसीबाट सन्तान च्याप्दै, नेपाली कलाकारले पनि रोज्लान् यो बाटो ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली मिडियामा भर्खरै चर्चामा आउन थालेको ‘सेरोगेसी’आमाको विषय भारतीय फिल्म उद्योगका नामुद कलाकार र निर्देशकले प्रयोगमा ल्याउन थालिसकेका छन् ।

यसको पछिल्लो उदाहरण बनेकी छन् फिल्म निर्देशक एकता कपुर । २७ जनवरीमा उनले सेरोगेसीबाट छोरा प्राप्त गरेको र उसको नाम आफ्ना पिता जितेन्द्रको असली नाम ‘रवि कपुर’ राखिएको बताइएको छ ।

सेरोगेसीबाट आमा बन्नका लागि एकतालाई डाक्टर नन्दिता पलशेतकरले सहयोग गरेको समाचारका विवरणमा उल्लेख छन् । डा. नन्दिता भन्छिन्,‘एकता केही बर्ष पहिला आमा बन्ने रहरसँगै मकहाँ आएकी थिइन् । हामीले आइवीएफ र आइयुआइको माध्यमबाट प्रयत्न गर्दा हुन सकेन त्यसपछि सेरोगेसीको सहारा लियौं ।’

सेरोगेसी आमा बन्नका लागि एकताले आफ्ना भाई तुसार कपुरबाट प्रेरणा लिएको बताइन्छ । तीन बर्षअघि तुसारले सेरोगेसीको माध्यमबाट छोरा लक्ष्य कपुर प्राप्त गरेका थिए ।

यी मात्र होइन, यसअघि करन जौहर पनि सेरोगेसीबाट बच्चाको पिता बनेका थिए । साहरुख खान, सनी लियोन आमिर खानले पनि यो प्रक्रियालाई अपनाइसकेका छन् ।

के नेपाली कलाकार पनि यहि पथमा जान सक्लान ?
नेपाली फिल्म उद्योगका कलाकार बलिउडबाट नै प्रभावित हुने गरेका छन् । बलिउड कलाकारका निजी जीवनबाट पनि उनीहरू प्रभावित हुनसक्ने बताइन्छ ।

बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएका अभिनेता अभिनेत्रीले यो प्रक्रियालाई अँगाल्न सक्ने अनुमान स्वभाविक हुनसक्ने बताइन्छ । तर, नेपाली कलाकारले सेरोगेसीको मद्दतले अहिलेसम्म सन्तान भने हात पारिसकेका खबर र विवरण कतै पनि आएका छैनन् ।

एक सामाजिक विश्लेषक भन्छन्,‘यौन, सम्बन्ध र सेरोगेसीका विषयमा हाम्रो समाजमा भर्खरै बहस सुरु भएको छ । कालान्तरमा विश्वबजारमा भएको यो प्रयोगलाई कलाकारमात्र होइन, उच्च घरानीयाले प्रयोग गर्न सक्नेछन् ।’

कतिपय नेपाली महिलाहरूले भने गोप्य रूपमा सेरोगेसी आमा बनिदिएका खबरहरू अपुष्टताका आधारमा भने नआएका होइनन् । यस्तामा कलाकारहरूकै नाम पनि मुछिएको थियो । जो अहिले सुखद दाम्पत्य जीवनमा जोडिएका छन् ।