४ कार्तिक २०८३, बुधबार

देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । डा.गोविन्द केसीको समर्थनमा चिकित्सकले शुक्रबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन शुरु गरेका छन् ।

डा.केसीको मागलाई बेवास्ता गरी प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन गरेका हुन् ।

नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा.केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रर्दशनमा उत्रने निर्णय गरेको हो ।

संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार एक दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जानकारी गराउँदछौँ ।’

संघले केसीको जीवन रक्षार्थ देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थामा सञ्चालन गरेको रिले अनशन लगायतका कार्यक्रमलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा छन् र उनी अनशन बसेको २४ दिन भएको छ ।