काठमाडौं, १८ माघ । सरकार प्रमुखको उपस्थितिमा सामाजिक अभियन्ता जोडीले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा गरिरहँदा सरकारकै लगानीमा करिब डेढ दशकअघि सुरु गरिएको मूलपानीको क्रिकेट रंगशाला भने अलपत्र छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सरकारी लागतमा बनिरहेका परियोजना अस्तव्यस्त राखेर प्रधानमन्त्री केपी ओलीले एकीकृत बस्ती निर्माण गरेर जनस्तरबाट व्यापक सरहना बटुलिरहेका कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को संकल्प साकार पार्ने आश्वासन सगर्व राखेका छन् ।
५ वर्षअघि पुनर्निर्माण थालिएको सरकारको पूरै लगानी रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अझै ठडिन सकेको छैन । अस्तव्यस्त अवस्थामा छ ।















प्रतिक्रिया