२० कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा लागूऔषधसहित एक जना पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १७ माघ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ नेउडीहवाबाट माघ १७ गते सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ६ पुरानो बसपार्क बस्ने २२ बर्षिय मनिष श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा उनको साथमा नाईट्रोभेट ट्याब्लेट ३० वटा र ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ पुरिया फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लाथि स्थानीय प्रहरीमा बुझाइएको छ ।