४ कार्तिक २०८३, बुधबार

पहिलो टी-ट्वान्टीमा नेपाल युएईसँग पराजित

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । बिहिबार भएको पहिलो खेलमा नेपाल युएईसंग २१ रनले पराजित भएको हो ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । सन्दीप ५३ रनमा अविजित रहे ।

चौथो विकेटका रूपमा कप्तान पारस खड्का २५ बल खेल्दै २५ रन बनाएर आउट भए। खड्काले चार चौका प्रहार गरेका थिए। उनलाई जाहोर खानले सुल्तान अहमदको हातबाट क्याच आउट गराए।

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल १० बल खेलेर ७ रन बनाउँदै आउट भएका थिए भने २ बल खेलेका दीपेन्द्र सिंह ऐरीले ४ रन जोड्न भ्याए।

यस्तै ओपनर प्रदीप ऐरी पहिलो बलमै शून्यमा आउट भए। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनायो।

 युएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमेद र जाहोर खानले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले । अनवरले ५९ रन जोडेर आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२ रन जोडे । मोहमद बोताले अविजित २० रन बनाउदा कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए ।

नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २/२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १/१ विकेट लिए ।

यो जितसंगै युएईले नेपालविरुद्धको तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीविरुद्धको दोस्रो टी-ट्वान्टी खेल शुक्रबार खेल्नेछ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २-१ ले जितिसकेको छ ।