
काठमाडौँ, १७ माघ । बसन्त रेग्मीले यूएईविरुद्धको टि-२० शृंखलाको जारी पहिलो खेलमा नेपाललाई छैटौं सफलता दिलाएका छन्।
बसन्तले यूएईका कप्तान मोहम्मद नाभिदलाई एक रनमै विकेटकिपर प्रदीप ऐरीको हातबाट क्याच गराएका हुन्। त्यसअघि डेब्यू गरेका अविनाश बोहराले नेपाललाई पाँचाैं विकेट दिलाएका थिए।
अविनाशले यूएईका अर्धशतक बनाएका ब्याट्सम्यान शाइमन अनवरलाई बोल्ड पारेका थिए। ३८ बल खेलेका अनवरले ५ चौका र २ छक्का प्रहार गरेका थिए।
सन्दीप लामिछानेले नेपाललाई चौथो सफलता दिलाएका हुन्। उनले मोहम्मद उस्मानलाई कप्तान पारस खड्काको हातबाट क्याच गराएका थियो।
सन्दीपले चौथो विकेटका लागि शाइमन अनवरसँग उस्मानले गरेको ६१ रनको साझेदारी तोड्दै नेपाललाई राहत दिलाएका थिए। २४ बलको सामना गरेका उस्मानले ३० रन जोडे। सोक्रममा २ छक्का र एक चौका प्रहार गरे।
त्यसअघि बसन्त रेग्मीले नेपाललाई तेस्रो सफलता दिलाएका थिए। बसन्तले यूएईका रिज्वानलाई २२ रनमा खेलिरहँदा प्रदीप ऐरीको हातबाट क्याच गराएका थिए।
सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका थिए। सोमपालले यूएईका ओपनर घुलम शब्बरको विकेट लिएका हुन्। १० बलको सामना गरेका उनले ८ रनमात्रै जोड्न सके।
सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए। टोलीको दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा नै यूएईका ओपनर अस्फाक अहमदलाई बसन्त रेग्मीको हातबाट क्याच गराएका थिए। अस्फाकले २ रनमात्रै जोड्न सके।
दुबईस्थित आइसिसी एकेडेमी ओभल मैदानमा जारी खेलमा नेपालका लाग तीन खेलाडीले टि-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन्।















प्रतिक्रिया