
काठमाडौँ, १७ माघ । युएई विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले तेस्रो सफलता हात पारेको छ।
नेपालका लागि बसन्त रेग्मीले तेस्रो विकेट लिएका हुन्। उनले आफ्नो व्यक्तिगत पहिलो ओभरको पाँचौ बलमा युएईका सिपी रिजवानलाई २२ रनमा आउट बनाए।
यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए।
सोमपालले आफ्नो व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमा युएईका गुलाम सहबरलाई आउट बनाएउँदा पहिलो विकेट सन्दिप लामिछानेले लिएका थिए।
आफ्नो व्यक्तिगत पहिलो ओभरको पहिलो बलमै सन्दीपले विकेट लिएका थिए।
सन्दीपले युएईका ओपनर आस्फाक अहमदलाई २ रनमा बसन्त रेग्मीको हातबाट क्याच आउट बनाएका थिए। यो सँगै सन्दीपको टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू विकेट हो। यसअघि दुई अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलेका सन्दीप विकेट विहिन थिए।
युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टि–२० खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको हो।















प्रतिक्रिया