२० कार्तिक २०८३, शुक्रबार

सल्यानका ६ स्थानीय तहमा छैन सुशासन समिति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, १७ माघ । स्थानीय तहको निर्वाचन भएको डेड वर्ष भन्दा बढि बितिसक्दा समेत स्थानीय तहमा अझै पनि सुशासन समिति गठन हुन सकेको छैन । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा सुशासन समिति गठन गर्न परिपत्र गरेको लामो समय बितिसक्दा समेत जिल्लाका ६ स्थानीय तहले सुशासन समिति बनाउन नसकेका हुन् ।

स्थानीय तहका प्रमुखको संयोजकत्वमा गठन हुने समितिमा नेपाल उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज र वुद्धिजीवी लगायतको सहभागिता हुने प्रावधान रहेको छ । वित्तिय सुशासन कायम गर्न, सेवा प्रवाहलाई जनमैत्री बनाउन र समग्र सुशासनको अभ्यासलाई स्थानीय तहको एक अंगको रुपमा प्रयोग गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले प्रत्येक तहमा सुशासन समिति गठन गर्न सबै तहलाई परिपत्र गरिएको थियो ।

विभिन्न प्राविधिक समस्याका कारण समिति गठन हुन नसकेको र अब आउँदो नगरकार्यपालिकाको बैठकबाट समिति गठन गरिने बनगाड कुपिन्डे नगरपालिकाका नगरप्रमुख गोविन्द पुनले बताए । विगतमा केही समस्याका कारण जुन जुन समिति बनाउनु पथ्र्यो बनाउन नसकेको, अब आउने कार्यपालिकाको बैठकमा उक्त विषय राख्ने र समिति गठन गरिने उनले बताए ।

शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले एक हप्ता भित्र समिति गठन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘परिपत्र आएको जानकारी नै थियो विस्तारै गराैँला भन्दा भन्दै बन्न नसकेको हो, केही दिनभित्रै कार्यपालिकाको बैठक आह्वान गरेर सुशासन समिति गठन गछौं ।’

जिल्लाको दार्मा, कुमाख, सिद्ध कुमाख र कपुरकोट गाउँपालिका बाहेक अन्य छ स्थानीय तह शारदा नपा, बागचौर नपा, बनगाड कुपिण्डे नपा, कालिमाटी गापा, त्रिवेणी गापा, छायाँक्षेत्र गापाले स्थानीय तहको निर्वाचन भएको लामो समय बितिसक्दा समेत सुशासन समिति बनाउन सकेको छैनन् ।