लन्डन, १७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा शीर्षस्थानको लिभरपुललाई लेस्टर सिटीले १–१ गोलको बराबरीमा रोकेको छ ।
लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले अगाडि रह्यो ।
अन्य खेलमा बर्नमाउथले चेल्सीलाई ४(० गोलले हरायो भने वाटफोर्डमाथी टोट्टनहाम २(१ गोलले विजयी भयो। घरेलु मैदानमा लिभरपुलले अग्रता लिएपनि पहिलो हाफमै लेस्टर बराबरीमा पुगेको थियो।
सेडियो मानेले तेस्रो मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा ह्यारी मिग्वायरले लेस्टरलाई बराबरीमा ल्याईपुर्याएका थिए। २४ खेलपछि लिभरपुलको ६१ र म्यानचेस्टर सिटीको ५६ अंक छ।
तेस्रो स्थानमा रहेको टोट्टनहामको २४ खेलबाट ५४ अंक छ। उभन्दा पछाडि रहेको आर्सनलको २४ खेलबाट ४७ अंक छ। पाँचौँ स्थानमा रहेको चेल्सीको पनि २४ खेलबाट ४७ अंक छ।















प्रतिक्रिया