५ कार्तिक २०८३, बिहिबार

सारा र सुशांतसँगको अफेयरको चर्चा

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । चलचित्र ‘सिम्बा’को सफलता उत्सव मनाइरहेकी सारा अली खान नयाँ प्रोजेक्टको छनोटमा व्यस्त छिन् । तर सुशांत स‍िंह राजपूतसँगको उनको अफेयरको चर्चा कम भएको छैन ।

साराले हालै एक अन्तर्वार्ताका क्रममा आफू एक पटक प्रेम सम्बन्धमा रहिसकेको खुलासा गरेकी छन् । उनका प्रेमीको नाम वीर पहार‍िया हो । अन्तर्वार्ताका क्रममा साराले वीरसँगको सम्बन्ध राम्रो बन्न नसकेका कारण अगाडि बढ्न नसकेको बताएकी छन् ।

वीर पहार‍िया मन्त्री सुशील कुमार श‍िन्देका नाति हुन् । वीरका भाइसँग जाह्नवी कपूरको र‍िलेशनको खबर पनि चर्चामा थियो ।