४ कार्तिक २०८३, बुधबार

पत्नीलाई यौनसम्बन्ध राख्दा पति पक्राउ

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

भक्तपुर, १६ माघ । पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् ।

आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

यही माघ ४ गते आफ्नै पतिले जबर्जस्ती बलात्कार गरेको भन्दै श्रीमतीले यही माघ ६ गते जोहेरी दिएपछि सोही दिन प्रसूति गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीले वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी राखेको केसीले जानकारी दिए ।

भक्तपुरमा वैवाहिक बलात्कारको घटनामा उजुरी आएको यो दोस्रो घटना भएको प्रहरी उपरीक्षक हिमालय केसीले जानकारी दिए ।

उनका अनुसार गत जेठ २३ गते सूर्यविनायक नगरपालिका–७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत २०७३ भदौदेखि २०७४ साल चैत २ गतेसम्म पतिले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् ।

आफ्ना पति उदयपुर त्रियुगा नगरपालिका–१ का ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरे पनि हालसम्म फरार रहेका छन् ।